नाफिजमा आवद्ध विवाहित महिला सदस्यको एचपिभी डिएनए परीक्षण सम्पन्न

नाफिजमा आवद्ध विवाहित महिला सदस्यको एचपिभी डिएनए परीक्षण सम्पन्न
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्ना विवाहित महिला सदस्यहरुको लागि एचपीभी डीएनए परिक्षण सम्पन्न गरेको छ । नाफिजले २५ वर्षभन्दा माथिका विवाहित महिला सदस्यहरुको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी डीएनए परीक्षण गरेको हो ।
नाफिजले गत साउन २३ गतेदेखि साउन ३० गतेसम्म मेरी स्टोप्स सेन्टर पुतलीसडकमा उक्त जाँच गराएको थियो । विशेषगरी विवाहित महिलाहरुमा उच्च जोखिम रहने हुँदा पाठेघरको क्यान्सरसँग सम्बन्धीत परीक्षण गराइएको हो । उक्त एचपीभी डीएनए परिक्षणमा नाफिजका २६ महिलाहरु सहभागी भएका थिए ।
पाठेघरको मुखको क्यान्सरबाट विश्‍वमा हरेक वर्ष लाखौं महिलाहरू प्रभावित हुने गरेका छन् । नेपालमा समेत यो स्वास्थ्य समस्याको जोखिम वर्षेनी बढ्दै गइरहेको छ । नाफिजले यही तथ्यलाई मध्यनजर गर्दै आफ्ना सदस्यहरुको परिक्षण गरेको नाफिजकी अध्यक्ष मेनुका कार्कीले बताइन् ।
परिक्षणबाट २६ जना महिला सदस्य लाभान्वित बनेको उनको भनाई छ । ‘नाफिजमा आवद्ध सदस्यहरुको स्वास्थ्य अवस्थालाई ख्यालमा राख्दै परिक्षण कार्यक्रम सम्पन्न गरिएको हो,’ अध्यक्ष कार्कीले भनिन्, ‘यो परिक्षणले समयमा नै रोगको पहिचान गर्न र उपचार गर्न सदस्यहरुलाई सघाउने छ ।’

नाफिज सदस्यहरुलाई युरोलोजी तथा किड्नी अस्पतालमा २० प्रतिशत छुट ।

 नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सदस्यहरुलाई युरोलोजी...

Vacancy Announcement for The Internship (Equivalent to Assistant Director Level)

Vacancy Announcement for The Internship (Equivalent to Assistant Director...

पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपुर्ति व्यवस्थामा कस्तो प्रभाव पर्ला ?

पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपुर्ति व्यवस्थामा कस्तो...

नाफिज  बहसः  अर्थशास्त्री र निजी क्षेत्रले खोजेको चुनावी ‘ब्लुप्रिन्ट’

नाफिज  बहसः  अर्थशास्त्री र निजी क्षेत्रले खोजेको चुनावी ‘ब्लुप्रिन्ट’ काठमाडौँ,...

NAFIJ Arthachitra 2082

Nafij book__all page

नाफिजका २७४ जना सदस्यको १९ करोड १८ लाख बराबरको दुर्घटना बीमा

नाफिजका २७४ जना सदस्यको १९ करोड १८ लाख बराबरको...

Releted articles

News & Events

Latest articles from our blog

विश्व बैंकको ‘नेपाल फिस्कल ड्यासबोर्ड’ : सरकारी आम्दानी र खर्च सम्बन्धी तथ्यांक एकै प्लेटफर्ममा

विश्व बैंकको ‘नेपाल फिस्कल ड्यासबोर्ड’ : सरकारी आम्दानी र खर्च सम्बन्धी तथ्यांक एकै प्लेटफर्ममानाफिजसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न काठमाडौँ । नेपालको संघ, प्रदेश र स्थानीय गरेर तीनै...