नाफिजमा आवद्ध विवाहित महिला सदस्यको एचपिभी डिएनए परीक्षण सम्पन्न

नाफिजमा आवद्ध विवाहित महिला सदस्यको एचपिभी डिएनए परीक्षण सम्पन्न
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्ना विवाहित महिला सदस्यहरुको लागि एचपीभी डीएनए परिक्षण सम्पन्न गरेको छ । नाफिजले २५ वर्षभन्दा माथिका विवाहित महिला सदस्यहरुको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी डीएनए परीक्षण गरेको हो ।
नाफिजले गत साउन २३ गतेदेखि साउन ३० गतेसम्म मेरी स्टोप्स सेन्टर पुतलीसडकमा उक्त जाँच गराएको थियो । विशेषगरी विवाहित महिलाहरुमा उच्च जोखिम रहने हुँदा पाठेघरको क्यान्सरसँग सम्बन्धीत परीक्षण गराइएको हो । उक्त एचपीभी डीएनए परिक्षणमा नाफिजका २६ महिलाहरु सहभागी भएका थिए ।
पाठेघरको मुखको क्यान्सरबाट विश्‍वमा हरेक वर्ष लाखौं महिलाहरू प्रभावित हुने गरेका छन् । नेपालमा समेत यो स्वास्थ्य समस्याको जोखिम वर्षेनी बढ्दै गइरहेको छ । नाफिजले यही तथ्यलाई मध्यनजर गर्दै आफ्ना सदस्यहरुको परिक्षण गरेको नाफिजकी अध्यक्ष मेनुका कार्कीले बताइन् ।
परिक्षणबाट २६ जना महिला सदस्य लाभान्वित बनेको उनको भनाई छ । ‘नाफिजमा आवद्ध सदस्यहरुको स्वास्थ्य अवस्थालाई ख्यालमा राख्दै परिक्षण कार्यक्रम सम्पन्न गरिएको हो,’ अध्यक्ष कार्कीले भनिन्, ‘यो परिक्षणले समयमा नै रोगको पहिचान गर्न र उपचार गर्न सदस्यहरुलाई सघाउने छ ।’

पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रम

नेपालमा विदेशी मुद्रा सञ्चिति प्रयाप्त छ, अटो लोन खुकुको...

नाफिज र नविल बैंकको संयुक्त आयोजनामा दुई दिने एडभान्स बैकिङ तालिम सम्पन्न

    जनतामा छाएको निराशा चिर्न मिडियाको भूमिका महत्त्वपूर्ण...

नाफिज र बीमा प्राधिकरणको सहकार्यमा बीमा सचेतना सम्पन्न

नाफिज र प्राधिकरणको सहकार्यमा बीमा सचेतना सम्पन्न काठमाडौं । नेपाल आर्थिक...

नयाँ सदस्यता आवेदन खुला गरिएको बारे ।

मिति २०८१ / १२/२९  गते, शुक्रबार बसेको नेपाल आर्थिक...

Releted articles

News & Events

Latest articles from our blog

नाफिज र नाडाको संयुक्त रुपमा आयोजना गरिएको ‘कर्जा नीतिमा स्थिरताः अटोमोबाइल बजारको दीर्घकालिन विकासको आधार’ विषयक अन्तरक्रिया

टोमोबाइल क्षेत्रको विकासका लागि स्थिर कर्जा नीति आवश्यक काठमाडौं । सरोकारवालाहरूले अटोमोवाइल क्षेत्रका लागि स्थिर कर्जा नीति आवश्यक रहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो...