नयाँ सदस्यता आवेदन खुला गरिएको बारे ।

मिति २०८१ / १२/२९  गते, शुक्रबार बसेको नेपाल आर्थिक पत्रकार संघ (नाफिज) कार्यसमितिको बैठकले नाफिज विधान र नाफिज सदस्यता कार्यविधि बमोजिम योग्यता पुगेका आर्थिक पत्रकारहरुका लागि नयाँ साधारण सदस्यताको आवेदन खुला गर्ने निणर्य गरेको छ । साधारण सदस्यताका लागि मिति २०८१ चैत २९ गतेदेखि २०८२ वैशाख ३० गते मंगलबारसम्म आवेदन दिन सकिनेछ ।
सदस्यताका लागि आवेदन दिने फर्मका साथै नाफिजको विधानअनुसार निम्न लिखित योग्यता भएका आर्थिक पत्रकारहरुले तोकिएको अवधिभित्र आवेदन दिनुहुन अनुरोध छ । आवेदन फाराम नाफिज सचिवालयमा बुझाउन वा नाफिजको इमेल [email protected] मार्फत पठाउन सक्नुहुने छ ।
आवेदनका लागि आवश्यक पर्ने योग्यता तथा कागजातको विवरण निम्नलिखित छन् ।
१.आर्थिक पत्रकारितामा सक्रिय रहेको प्रमाणको प्रतिलिपि,
२. एक वर्षदेखि आर्थिक पत्रकारिता गरेको भनेर एक वर्ष अघिदेखिका प्रकाशित, प्रसारित आर्थिक समाचार (पत्रिकाको कपी, अनलाइन लिंक, अडियो वा भिडियो)
३. शैक्षिक योग्यता (प्रमाणपत्रको प्रतिलिपि)
क) स्नातक तह वा सो सरह उत्तीर्ण गरी कम्तीमा एक वषदेखि आर्थिक पत्रकारिता गर्दै आएको व्यक्ति वा,
ख) प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी कम्तीमा दुई वर्षदेखि आर्थिक पत्रकारिता गर्दै आएको व्यक्ति ।
४. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
५. पासपोर्ट साइजको दुई प्रति फोटो
सदस्यता स्वीकृत भएको खण्डमा सदस्यता शुल्क रु.५००/-(पाच सय रुपैयाँ) लाग्नेछ । सदस्यताको लागि योग्य ठहर भएका आर्थिक पत्रकारलाई  थप सूचना आउने छ ।
आवेदन फर्मको लिंकः   https://docs.google.com/forms/d/e/1FAIpQLScZxzkFtVUtH5cYOh15l8EObfV_wjVxBdS7g-cXJ5bw065u5w/viewform
धन्यवाद ।

नाफिज र नाडाको संयुक्त रुपमा आयोजना गरिएको ‘कर्जा नीतिमा स्थिरताः अटोमोबाइल बजारको दीर्घकालिन विकासको आधार’ विषयक अन्तरक्रिया

टोमोबाइल क्षेत्रको विकासका लागि स्थिर कर्जा नीति आवश्यक काठमाडौं । सरोकारवालाहरूले...

नाफिजमा आवद्ध विवाहित महिला सदस्यको एचपिभी डिएनए परीक्षण सम्पन्न

नाफिजमा आवद्ध विवाहित महिला सदस्यको एचपिभी डिएनए परीक्षण सम्पन्न काठमाडौं...

पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रम

नेपालमा विदेशी मुद्रा सञ्चिति प्रयाप्त छ, अटो लोन खुकुको...

नाफिज र नविल बैंकको संयुक्त आयोजनामा दुई दिने एडभान्स बैकिङ तालिम सम्पन्न

    जनतामा छाएको निराशा चिर्न मिडियाको भूमिका महत्त्वपूर्ण...

नाफिज र बीमा प्राधिकरणको सहकार्यमा बीमा सचेतना सम्पन्न

नाफिज र प्राधिकरणको सहकार्यमा बीमा सचेतना सम्पन्न काठमाडौं । नेपाल आर्थिक...

Releted articles

News & Events

Latest articles from our blog

‘अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो’

नाफिज अन्तरक्रियाः जेन–जी आन्दोलनले हल्लाएको अर्थतन्त्रः मनोबल उकास्दै तत्काल पुनरुत्थानको बाटो अघि बढ्न सरोकारवालाहरुको जोड भौतिक पुनर्निर्माण मात्र नभई आर्थिक पुनरुत्थान, सुशासनको स्थापना र युवाको भविष्य...