देशरभर व्यापार पूर्वाधार बनाउँदै इन्टरमोडल

नेपाल इन्टरमोडल यातायात विकास समितिले देशका विभिन्न स्थानमा करिब आधा दर्जन व्यापार पूर्वाधार निर्माणको काम गरिरहेको जानकारी दिएको छ । समितिले देशका विभिन्न स्थानमा वैदेशिक व्यापार सहजीकरण गर्ने लक्ष्यसहित व्यापार पूर्वाधार निर्माण गरिरहेको जानकारी दिएको हो ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको सहकार्यमा आयोजित ‘मिडिया इन्ट्र्याक्सन अन इन्टरमोडल ट्रान्सपोर्ट’ नामक अन्तरक्रिया तथा तालिम कार्यक्रममा उक्त जानकारी दिएको हो । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले अर्बौको वैदेशिक व्यापार सहजीकरण गर्ने लक्ष्यसहित व्यापार पूर्वाधारमा ध्यान केन्द्रीत गरेको बताए ।

कार्यक्रममा सम्बोधन गर्दै गजुरेलले भने, ‘अहिलेसम्म तातोपानी, विरगञ्ज, चोभार, भैरहवा लगायतका स्थानमा सुख्खा बन्दरगाह निर्माण भइसकेको छ ।’ यस्तै, टिमुरेमा सुख्खा बन्दरगाह निर्माणको क्रममा छ भने नेपालगञ्जमा एकीकृत जाँच चौकी समेत निर्माणाधीन अवस्थामा छ ।

यसबाहेक अन्य धेरै स्थानमा अध्ययनको चरण सम्पन्न भइसकेको छ । इन्टरमोडलका अनुसार यारी, कोरला, जलेश्वर, किमाथांका र ओलाङचुङगोला लगायतका स्थानमा सुख्खा बन्दरगाह सम्भाव्यताको काम सम्पन्न भइसकेको छ । यस्तै, रसुवामा समेत सुख्खा बन्दरगाह निर्माणाधीन अवस्थामा छ भने दोधारा चाँदनीमा समेत बनाउने योजना अघि बढेको छ ।

कार्यक्रममा गजुरेलले भविष्यको व्यापारलाई लक्षित गरेर व्यापार पूर्वाधार निर्माण गरिरहेको जानकारी दिए । ‘चोभार सुख्खा बन्दरगाह नचलेको भन्ने गुणासो आइरहेपनि यो भविष्यको आयोजना हो,’ गजुरेल भन्छन्, ‘दैनिक काठमाडौंमा ५०० वटा मालबाहक साधन आउँछन् । यीमध्ये भविष्यमा धेरैले चोभारमा जाँचपास गर्छन् ।’

यस्तै, चोभार सुख्खा बन्दरगाह काठमाडौं-तराई द्रुतमार्गलाई लक्षित गरेर निर्माण गरिएको समितिको भनाइ छ । द्रूतमार्ग हुँदै काठमाडौं आउने मालबाहक सवारीले चोभारमा जाँचपास गर्ने योजनासहित निर्माण गरिएकाले उक्त आयोजना निर्माण भएपछि मात्रै पूणर्रुपमा चोभार बन्दरगाह चल्ने गजुरेलले बताए ।

कार्यक्रममा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का तर्फबाट अध्यक्ष मोदनाथ ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले विकास निर्माणका विषयमा समाचार लेख्दैगर्दा गर्नुपर्ने रिपोर्टिङ र ध्यान दिनुपर्ने विषयका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसक्रममा ढकालले विकास बिटमा कलम चलाउँदै गर्दा पत्रकारहरुले विशेष ध्यान दिनुपर्ने बताए ।

‘एउटा आयोजना बन्दैगर्दा लेखिने समाचारले धेरै प्रभाव पार्ने भएकाले ध्यान दिनुपर्छ,’ ढकालले भने, ‘देशको भाग्यरेखा कोर्ने किसिमका आयोजनाको निर्माणका समयमा फिल्ड भिजिट गरेर मात्रै समाचार लेख्नुपर्छ ।’ यस्तै, राज्यले नागरिकलाई लक्षित गरेर बनाउने हरेक विकासे आयोजनाबाट नाफा आर्जन नहुने समेत उनको भनाइ छ ।

नाफिज र नाडाको संयुक्त रुपमा आयोजना गरिएको ‘कर्जा नीतिमा स्थिरताः अटोमोबाइल बजारको दीर्घकालिन विकासको आधार’ विषयक अन्तरक्रिया

टोमोबाइल क्षेत्रको विकासका लागि स्थिर कर्जा नीति आवश्यक काठमाडौं । सरोकारवालाहरूले...

नाफिजमा आवद्ध विवाहित महिला सदस्यको एचपिभी डिएनए परीक्षण सम्पन्न

नाफिजमा आवद्ध विवाहित महिला सदस्यको एचपिभी डिएनए परीक्षण सम्पन्न काठमाडौं...

पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रम

नेपालमा विदेशी मुद्रा सञ्चिति प्रयाप्त छ, अटो लोन खुकुको...

नाफिज र नविल बैंकको संयुक्त आयोजनामा दुई दिने एडभान्स बैकिङ तालिम सम्पन्न

    जनतामा छाएको निराशा चिर्न मिडियाको भूमिका महत्त्वपूर्ण...

नाफिज र बीमा प्राधिकरणको सहकार्यमा बीमा सचेतना सम्पन्न

नाफिज र प्राधिकरणको सहकार्यमा बीमा सचेतना सम्पन्न काठमाडौं । नेपाल आर्थिक...

Releted articles

News & Events

Latest articles from our blog

‘अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो’

नाफिज अन्तरक्रियाः जेन–जी आन्दोलनले हल्लाएको अर्थतन्त्रः मनोबल उकास्दै तत्काल पुनरुत्थानको बाटो अघि बढ्न सरोकारवालाहरुको जोड भौतिक पुनर्निर्माण मात्र नभई आर्थिक पुनरुत्थान, सुशासनको स्थापना र युवाको भविष्य...