देशरभर व्यापार पूर्वाधार बनाउँदै इन्टरमोडल

नेपाल इन्टरमोडल यातायात विकास समितिले देशका विभिन्न स्थानमा करिब आधा दर्जन व्यापार पूर्वाधार निर्माणको काम गरिरहेको जानकारी दिएको छ । समितिले देशका विभिन्न स्थानमा वैदेशिक व्यापार सहजीकरण गर्ने लक्ष्यसहित व्यापार पूर्वाधार निर्माण गरिरहेको जानकारी दिएको हो ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको सहकार्यमा आयोजित ‘मिडिया इन्ट्र्याक्सन अन इन्टरमोडल ट्रान्सपोर्ट’ नामक अन्तरक्रिया तथा तालिम कार्यक्रममा उक्त जानकारी दिएको हो । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले अर्बौको वैदेशिक व्यापार सहजीकरण गर्ने लक्ष्यसहित व्यापार पूर्वाधारमा ध्यान केन्द्रीत गरेको बताए ।

कार्यक्रममा सम्बोधन गर्दै गजुरेलले भने, ‘अहिलेसम्म तातोपानी, विरगञ्ज, चोभार, भैरहवा लगायतका स्थानमा सुख्खा बन्दरगाह निर्माण भइसकेको छ ।’ यस्तै, टिमुरेमा सुख्खा बन्दरगाह निर्माणको क्रममा छ भने नेपालगञ्जमा एकीकृत जाँच चौकी समेत निर्माणाधीन अवस्थामा छ ।

यसबाहेक अन्य धेरै स्थानमा अध्ययनको चरण सम्पन्न भइसकेको छ । इन्टरमोडलका अनुसार यारी, कोरला, जलेश्वर, किमाथांका र ओलाङचुङगोला लगायतका स्थानमा सुख्खा बन्दरगाह सम्भाव्यताको काम सम्पन्न भइसकेको छ । यस्तै, रसुवामा समेत सुख्खा बन्दरगाह निर्माणाधीन अवस्थामा छ भने दोधारा चाँदनीमा समेत बनाउने योजना अघि बढेको छ ।

कार्यक्रममा गजुरेलले भविष्यको व्यापारलाई लक्षित गरेर व्यापार पूर्वाधार निर्माण गरिरहेको जानकारी दिए । ‘चोभार सुख्खा बन्दरगाह नचलेको भन्ने गुणासो आइरहेपनि यो भविष्यको आयोजना हो,’ गजुरेल भन्छन्, ‘दैनिक काठमाडौंमा ५०० वटा मालबाहक साधन आउँछन् । यीमध्ये भविष्यमा धेरैले चोभारमा जाँचपास गर्छन् ।’

यस्तै, चोभार सुख्खा बन्दरगाह काठमाडौं-तराई द्रुतमार्गलाई लक्षित गरेर निर्माण गरिएको समितिको भनाइ छ । द्रूतमार्ग हुँदै काठमाडौं आउने मालबाहक सवारीले चोभारमा जाँचपास गर्ने योजनासहित निर्माण गरिएकाले उक्त आयोजना निर्माण भएपछि मात्रै पूणर्रुपमा चोभार बन्दरगाह चल्ने गजुरेलले बताए ।

कार्यक्रममा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का तर्फबाट अध्यक्ष मोदनाथ ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले विकास निर्माणका विषयमा समाचार लेख्दैगर्दा गर्नुपर्ने रिपोर्टिङ र ध्यान दिनुपर्ने विषयका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसक्रममा ढकालले विकास बिटमा कलम चलाउँदै गर्दा पत्रकारहरुले विशेष ध्यान दिनुपर्ने बताए ।

‘एउटा आयोजना बन्दैगर्दा लेखिने समाचारले धेरै प्रभाव पार्ने भएकाले ध्यान दिनुपर्छ,’ ढकालले भने, ‘देशको भाग्यरेखा कोर्ने किसिमका आयोजनाको निर्माणका समयमा फिल्ड भिजिट गरेर मात्रै समाचार लेख्नुपर्छ ।’ यस्तै, राज्यले नागरिकलाई लक्षित गरेर बनाउने हरेक विकासे आयोजनाबाट नाफा आर्जन नहुने समेत उनको भनाइ छ ।

नाफिज सदस्यहरुलाई युरोलोजी तथा किड्नी अस्पतालमा २० प्रतिशत छुट ।

 नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सदस्यहरुलाई युरोलोजी...

Vacancy Announcement for The Internship (Equivalent to Assistant Director Level)

Vacancy Announcement for The Internship (Equivalent to Assistant Director...

पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपुर्ति व्यवस्थामा कस्तो प्रभाव पर्ला ?

पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपुर्ति व्यवस्थामा कस्तो...

नाफिज  बहसः  अर्थशास्त्री र निजी क्षेत्रले खोजेको चुनावी ‘ब्लुप्रिन्ट’

नाफिज  बहसः  अर्थशास्त्री र निजी क्षेत्रले खोजेको चुनावी ‘ब्लुप्रिन्ट’ काठमाडौँ,...

NAFIJ Arthachitra 2082

Nafij book__all page

नाफिजका २७४ जना सदस्यको १९ करोड १८ लाख बराबरको दुर्घटना बीमा

नाफिजका २७४ जना सदस्यको १९ करोड १८ लाख बराबरको...

Releted articles

News & Events

Latest articles from our blog

विश्व बैंकको ‘नेपाल फिस्कल ड्यासबोर्ड’ : सरकारी आम्दानी र खर्च सम्बन्धी तथ्यांक एकै प्लेटफर्ममा

विश्व बैंकको ‘नेपाल फिस्कल ड्यासबोर्ड’ : सरकारी आम्दानी र खर्च सम्बन्धी तथ्यांक एकै प्लेटफर्ममानाफिजसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न काठमाडौँ । नेपालको संघ, प्रदेश र स्थानीय गरेर तीनै...