Skip to main content
Share
मिति २०८१ / १२/२९  गते, शुक्रबार बसेको नेपाल आर्थिक पत्रकार संघ (नाफिज) कार्यसमितिको बैठकले नाफिज विधान र नाफिज सदस्यता कार्यविधि बमोजिम योग्यता पुगेका आर्थिक पत्रकारहरुका लागि नयाँ साधारण सदस्यताको आवेदन खुला गर्ने निणर्य गरेको छ…

मिति २०८१ / १२/२९  गते, शुक्रबार बसेको नेपाल आर्थिक पत्रकार संघ (नाफिज) कार्यसमितिको बैठकले नाफिज विधान र नाफिज सदस्यता कार्यविधि बमोजिम योग्यता पुगेका आर्थिक पत्रकारहरुका लागि नयाँ साधारण सदस्यताको आवेदन खुला गर्ने निणर्य गरेको छ । साधारण सदस्यताका लागि मिति २०८१ चैत २९ गतेदेखि २०८२ वैशाख ३० गते मंगलबारसम्म आवेदन दिन सकिनेछ ।
सदस्यताका लागि आवेदन दिने फर्मका साथै नाफिजको विधानअनुसार निम्न लिखित योग्यता भएका आर्थिक पत्रकारहरुले तोकिएको अवधिभित्र आवेदन दिनुहुन अनुरोध छ । आवेदन फाराम नाफिज सचिवालयमा बुझाउन वा नाफिजको इमेल nafij2009@gmail.com मार्फत पठाउन सक्नुहुने छ ।
आवेदनका लागि आवश्यक पर्ने योग्यता तथा कागजातको विवरण निम्नलिखित छन् ।
१.आर्थिक पत्रकारितामा सक्रिय रहेको प्रमाणको प्रतिलिपि,
२. एक वर्षदेखि आर्थिक पत्रकारिता गरेको भनेर एक वर्ष अघिदेखिका प्रकाशित, प्रसारित आर्थिक समाचार (पत्रिकाको कपी, अनलाइन लिंक, अडियो वा भिडियो)
३. शैक्षिक योग्यता (प्रमाणपत्रको प्रतिलिपि)
क) स्नातक तह वा सो सरह उत्तीर्ण गरी कम्तीमा एक वषदेखि आर्थिक पत्रकारिता गर्दै आएको व्यक्ति वा,
ख) प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी कम्तीमा दुई वर्षदेखि आर्थिक पत्रकारिता गर्दै आएको व्यक्ति ।
४. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
५. पासपोर्ट साइजको दुई प्रति फोटो
सदस्यता स्वीकृत भएको खण्डमा सदस्यता शुल्क रु.५००/-(पाच सय रुपैयाँ) लाग्नेछ । सदस्यताको लागि योग्य ठहर भएका आर्थिक पत्रकारलाई  थप सूचना आउने छ ।
आवेदन फर्मको लिंकः   https://docs.google.com/forms/d/e/1FAIpQLScZxzkFtVUtH5cYOh15l8EObfV_wjVxBdS7g-cXJ5bw065u5w/viewform
धन्यवाद ।

Share this article
Nafij
Written by Nafij
April 11, 2025 1 min read