नयाँ सदस्यता आवेदन खुला गरिएको बारे ।

मिति : २०८०/ १/१२ गते

आर्थिक पत्रकारज्यू,

विषय : नयाँ सदस्यता आवेदन खुला गरिएको बारे ।

मिति २०८०/ १/१२ गते, मंगलबार बसेको नेपाल आर्थिक पत्रकार संघ (नाफिज) कार्य समितिको बैठकले नाफिज विधानबमोजिम योग्यता पुगेका आर्थिक पत्रकारहरुका लागि नयाँ साधारण सदस्यताको आवेदन खुला गर्ने निणर्य गरेको छ । साधारण सदस्यताका लागि मिति २०८० बैशाख १२ गतेदेखि २०८० जेठ १४ गते आइतबारसम्म आवेदन दिन सकिनेछ ।
सदस्यताका लागि आवेदन दिने फर्मका साथै नाफिजको विधानअनुसार स्नातक तह वा सो सरह उतीणर् गरी कम्तिमा एक वष अघिदेखि आर्थिक पत्रकारिता गर्दै आएका पत्रकारहरुले तोकिएको अवधिभित्र आवेदन दिनुहुन अनुरोध छ । आवेदन फाराम नाफिज सचिवालयमा बुझाउन वा नाफिजको इमेल [email protected] मार्फत पठाउन सक्नुहुने छ ।
आवेदनका लागि आवश्यक पर्ने योग्यता तथा कागजातको विवरण निम्नलिखित छन् ।
१.आर्थिक पत्रकारितामा सक्रिय रहेको प्रमाणको प्रतिलिपि,
२. एक वर्षदेखि आर्थिक पत्रकारिता गरेको भनेर एक वर्ष अघिदेखिका प्रकाशित, प्रसारित आर्थिक समाचार (पत्रिकाको कपी, अनलाइन लिंक, अडियो वा भिडियो)
३. शैक्षिक एवं पेशागत योग्यता (प्रमाणपत्रको प्रतिलिपि)
(क) पत्रकारिता, अर्थशास्त्र वा व्यवस्थापन विषयमा स्नातक तह वा सो सरह उतीणर् गरी कम्तीमा छ महिनादेखि आर्थिक पत्रकारिता गर्दै आएको व्यक्ति वा,
(ख) जुनसुकै विषयमा स्नातक तह वा सो सरह उतीणर् गरी कम्तीमा एक वषदेखि आर्थिक पत्रकारिता गर्दै आएको व्यक्ति वा,
(ग) पत्रकारिता, अर्थशास्त्र वा व्यवस्थापन विषयमा प्रमाणपत्र तह वा सो सरह उतीणर् गरी कम्तीमा दुई वर्षदेखि
आर्थिक पत्रकारिता गर्दै आएको व्यक्ति वा,
(घ) जुनसुकै विषयमा प्रमाणपत्र तह उतीणर् गरी कम्तीमा तीन वर्षदेखि आर्थिक पत्रकारिता गर्दै आएको व्यक्ति ।
(ङ) राज्यद्वारा आरक्षण सुविधा दिइएका महिला, आदिवासी, जनजाति, दलित, मधेशी वा सीमान्तकृत समुदायका
व्यक्तिले सदस्यता प्राप्त गर्न सहुलियत चाहेमा पेशागत अनुभवका सन्दर्भमा तीन महिनाको सहुलियत प्रदान गर्न सकिने ।
४. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
५. पासपोर्ट साइजको दुई प्रति फोटो
(सदस्यता स्वीकृत भएको खण्डमा सदस्यता शुल्क रु.५००/-(पाच सय रुपैयाँ) लाग्नेछ । उक्त रकम नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को एनआइसी एसिया बैंक लिमिटेड, कमलादीमा रहेको खाता नम्वर ३२४१२१६७६९८५२४०१ मा जम्मा गर्न वा नाफिज क़्युआर कोर्डमार्फत बुझाउन सकिन्छ । जम्मा गरेको भौचर (नाफिज) सचिवालयमा वा नाफिज मेलमा पठाउन सकिन्छ ।
आवेदन फर्मको लिंकः  https://docs.google.com/forms/d/e/1FAIpQLScZxzkFtVUtH5cYOh15l8EObfV_wjVxBdS7g-cXJ5bw065u5w/viewform
धन्यवाद ।

नवीन ढुंगाना
महासचिव
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)

नाफिजका २७४ जना सदस्यको १९ करोड १८ लाख बराबरको दुर्घटना बीमा

नाफिजका २७४ जना सदस्यको १९ करोड १८ लाख बराबरको...

नयाँ सदस्यता आवेदन खुला गरिएको बारे ।

मिति २०८१ / १२/२९  गते, शुक्रबार बसेको नेपाल आर्थिक...

Releted articles

News & Events

Latest articles from our blog

विश्व बैंकको ‘नेपाल फिस्कल ड्यासबोर्ड’ : सरकारी आम्दानी र खर्च सम्बन्धी तथ्यांक एकै प्लेटफर्ममा

विश्व बैंकको ‘नेपाल फिस्कल ड्यासबोर्ड’ : सरकारी आम्दानी र खर्च सम्बन्धी तथ्यांक एकै प्लेटफर्ममानाफिजसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न काठमाडौँ । नेपालको संघ, प्रदेश र स्थानीय गरेर तीनै...