बैंकिङ पत्रकारिता फेलोसिपका लागि आवेदन आह्वान

बैंकिङ पत्रकारिता फेलोसिपका लागि आवेदन आह्वान

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले नबिल बैंकको सहयोगमा बैंकिङ समाचार लेखनका लागि फेलोसिप प्रदान गर्ने भएको छ । उक्त फेलोसिपको लागि इच्छुक तथा योग्यता पुगेका नाफिज सदस्यहरुलाई नाफिजको वेबसाइटमा रहेको गुगल फर्म लिंकमार्फत २०७८ मङ्सिर २९ गतेभित्र आवेदन दिनको लागि आग्रह गरिन्छ ।
 
आवश्यक योग्यताः
 
१) आवेदक नाफिजको सदस्य हुनु पर्नेछ । तर, नाफिज कार्यसमितिमा रहेका सदस्यले आवेदन दिन पाउने छैनन् ।
 
२) आवेदक कम्तिमा ३ वर्षदेखि पत्रकारितामा सक्रिय रहेको हुनु पर्नेछ ।
 
३) खोजमूलक रिपोर्टिङमा विशेष रुची भएको हुनु पर्नेछ ।
 
४) आवेदकले समाचार लेखनका लागि गरेको प्रस्तावित विषय बैंकिङ क्षेत्रसँग सम्बन्धित हुनुपर्नेछ ।
 
नोटः आवेदन दिएका मध्ये ४ जनालाई छनोट समितिले फेलोसिप प्रदान गर्ने छ । फेलोसिपको राशी प्रतिपत्रकार रु. २५,०००/- हुनेछ । अन्य शर्तहरु छनोट समितिले निर्धारण गरेबमोजिम हुनेछन् ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles