मोदनाथ ढकालको अध्यक्षतामा नाफिजको नयाँ कार्यसमिति निर्वाचित
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभा सम्पन्न भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेको महासभाले १३ सदस्यीय कार्यसमिति चयन गरेको छ जसको समापन सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भयो । महासभाले नाफिजको नयाँ अध्यक्षमा द राइजिङ नेपालका मोदनाथ ढकाललाई निर्वाचित गरेको छ । यस्तै रेडियो नेपालका भुवन आचार्य र आर्थिक न्युजकी मेनुका कार्कीलाई उपाध्यक्षमा चयन भएका छन् ।
महासचिवमा कर्पोरेट नेपालका नारायण पौडेल तथा सचिवमा अनलाइनखबरका रोयल आचार्य निर्वाचित भए । नाफिजका नयाँ सह–सचिव बिजपाटीका महमल अजमत अली र नोटबजारका परमेश्वर अधिकारी कोषाध्यक्ष बने ।
महासभाले नाफिजका नयाँ कार्यसमिति सदस्यमा ५ जनालाई निर्वाचित गरेको छ । जसमा आर्थिक अभियानकी प्रजिता बुढाथोकी, रोजगार मिडियाका फणिन्द्र दाहाल, बाह्रखरीका रोविन पौडेल, अनलाइनखबरका नवीन ढुंगाना र नेपालखबरका दीपक भट्ट छन् ।
यस्तै नयाँ कार्यसमितिको पहिलो बैठकले गोरखापत्र दैनिकका गोपालचन्द्र सुवेदी र क्लिकमान्डुकी दिलु कार्कीलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष सिताराम भट्टराई स्वतः कार्यसमिति सदस्य चयन भएका छन् । नाफिजले वरिष्ठ आर्थिक पत्रकारद्वय लभेष प्याकुरेल र विकास थापालाई आर्थिक पत्रकारिताका माध्यमबाट आर्थिक विकासमा टेवा पुर्याएको भन्दै सम्मान पनि गरेको छ ।
कार्यक्रममा कसले के भने ?
कोभिड–१९ को भार बैंकिङ क्षेत्रले थेगेका छन्ः पवन गोल्यान
काठमाडौं। उद्योगी पवन गोल्यानले कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा ल्याएको भार बैंकिङ क्षेत्रले थेगेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ न(नाफिज)को पाँचौं महासभामा बोल्दै उनले महामारीले अर्थतन्त्रमा निम्त्याएको संकट बैंकहरुले थेगेको बताएका हुन्।
बैंक तथा वित्तीय परिसंघ संस्थाका अध्यक्ष समेत रहेका गोल्यानले महामारीको समयमा अर्थतन्त्रको भार लिए पनि सबैले बैंक तथा वित्तीय संस्थालाई सबैले गाली गर्ने गरेको बताए।
भने, “नेपालका सबै वित्तीय कम्पनीहरु पारदर्शी हिसाबले काम गर्छन्। तर, पनि सबैले यही क्षेत्रलाई गाली गर्ने गर्छन।”
यस्तै, बैंक तथा वित्तीय संस्था क्षेत्रको कानुन बनाउँदा यही क्षेत्रसँगको सहकार्यमा बनाउँदा कार्यान्वयमा सहजता तथा प्रभावकारी देखिने उनले बताए।
निजी क्षेत्रका तीनै संस्था एक भएर अगाडी बढ्छौंः चन्द्र ढकाल
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको समस्यासँग लड्नका लागि निजी क्षेत्रका सबै छाता संगठन एक भएको बताएका छन्।
उनले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौ महासभामा बोल्दै विगतको आरोप चिर्दै निजी क्षेत्रका तीन वटै संगठन एक भएर अगाडी बढ्ने निर्णय भएको बताएका हुन्।
उनले भने, “निजी क्षेत्रका छाता संगठन आ–आफ्नै स्वार्थका लागि काम गर्ने गरेको आरोप थियो। तर, निर्वाचनपछि हामी तीनवटै संस्था एक भएर अगाडी बढ्ने निर्णय गरेका छौं।”
उनले विगतमा महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघ नमिल्दा निजी क्षेत्रका समस्या ओझेलमा परे पनि महासंघको निर्वाचनपछि सबै क्षेत्र मिलेर आगाडी बढेका छौं।
यस्तै, ढकालले कोभिडका कारण नेपालमा भई रहेको व्यवसाय बन्द भएको र आफ्नो क्षमतामा नचलेको अवस्था रहेको बताए। भने, “ती सबै उद्योग व्यवसायलाई पुरानै क्षमतामा फर्काउन पर्ने चूनौती आएको छ।”
राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष
हामीले व्यक्तीगत कुरा गर्न छाडिसकेका छौं। महासंघ, सीएनआई र चेम्बरले सबै निजी क्षेत्रको हक हितका लागि काम गर्ने प्रतिबद्धता जनाइसकेका छौं।
कसरी आर्थिक क्षेत्र चलायमान हुन्छ भनेर हामी अगाडी बढेका छौं। आर्थिक पत्रकारहरुले नकरात्मक मात्रै हैन सकरात्मक कामलाई पनि साथ दिनुहुन अनुरोध गर्दछु।
सरकारले एउटा स्वेत पत्र जारी गरेर निजी क्षेत्रको मनोवल वृद्धिका लागि काम गरिदिनुहुन अनुरोध गर्दछौं।
चेक बाउन्सको कुरा छ। हामीसँगको सबै चेक क्यास भइसकेको छैन। चेक बाउन्सका लागि कडा निती ल्याउनु पर्छ। चेक बाउन्सले व्यवसायीलाई समस्या पारेको छ। चेक बाउन्सका लागि एउटा कडा नियम ल्याएमा कारोबार गर्न सहज हुन्छ।
सामानहरु कति फिर्ता आइरहेको छ। कतिको डेट एक्सपायर भइरहेको छ। करको हिसाबले पनि सबै राख्नुपर्ने। ड्यामेज हुनेवित्तीक्कै कर तिर्न नपरोस भन्न चाहन्छु।
महाप्रसाद अधिकारी, गभर्नर
असजिलो अवस्थामा छौं। कोभिडले हामीलाई समस्या बनाएको अवस्था छ। आर्थिक रुपले हेर्दा प्नि प्रभावित छ। सुरुमा सोचेभन्दा रिकभरी केही राम्रो भर आको छ। तर दोस्रो र तेस्रो संक्रमण र पुनः लकडाउनले हामीलाई फेरी त्रसित बनाएको छ।
रिकभरीचाँही सोचेभन्दा राम्रो छ। कतिपय सेक्टरमा राम्रो रिकभरी आएको अवस्था छ। कतिपय क्षेत्रमा वर्षैंसम्म रिकभरी आउने सम्भावना छैन।
नेपालको समग्र आर्थि अवस्थाको बारेमा धेरै जानकारी दिइरहनु पर्दैन। आर्थिक वृद्धिबाहेक अन्य सूचांकहरु नकरात्मक छैन। बाह्य क्षेत्रको स्थिती निकै राम्रो छ।
गत वर्षको तुलनामा आयात पनि घटेको छ। यसले पनि हामीलाई सहज भएको छ। जुनखालेको त्रास थियो त्योभन्दा राम्रो देखिएको छ। तरलताको हिसाबमा हामी सोचेभन्दा राम्रो स्थितीमा छौं।
बैंक वित्तीय संस्थाको खर्च बढे पनि अन्य क्षेत्रमा हामी त्यती समस्यामा देखिँदैनौं। आर्थिक वृद्धिको सन्दर्भमा रिकभरी कसरी लिन्छौं त्यसमा भर पर्छ ।
विष्णुप्रसाद पौडेल, अर्थमन्त्री
विश्व कोभिड–१९ को महामारीबाट आक्रान्त छ। आर्थिक र सामाजिक क्षेत्र यसबाट समस्यामा छ। आर्थिक सामाजिक जिवनलाई पुर्ववत अवस्थामा फर्काउनु पर्ने चुनौती आइपरेको छ।
मैले कोभिडविरुद्धकोलडाईमा सरकार निजी क्षेत्र र सञ्चार क्षेत्र सामाजिक जिवनका व्यक्तीहरु र नागरिकबीच जुन प्रकारको सहकार्य भइरहेको छ। प्रशम्सनीय छ।
कोभिडको लक्ष्यण देखिएका संक्रमित व्यक्तहरुको परिक्षण र उपचार गर्नुपर्ने अवस्थामा रहेका विरामीहरुको जिम्मा सरकारले लिन्छ। संक्रमितहरुको परिक्षण र उपचार गर्नुपर्ने सबै नेपालीको जिम्मा लिन्छ।
नागरिकको जिवनको रक्षा सरकारको प्राथमिक्ता हो। जिवन रक्षासँगै जिविका रक्षा आवश्यक छ। यो दुईवटा विषय सरकारको पहिलो प्रयास हो।
कतिपय मुलुकमा भ्याक्सिनको प्रयोग सुरु भइसकेको छ। सरकारले कोभिडको सन्दर्भमा सरकारको ध्यान गुणस्तरिय र तुलात्मक रुपमा सस्तो र सहज आपूर्ति जस्ता विषयमा केन्द्रीत भएर भ्याक्सिन ल्याउने र तोकिएको मापदण्डअनुसार वितरण गर्ने।
सबैलाई समयमै भ्याक्सिन उपलब्ध गराउने र सिंगो महामारीबाट सबैलाई बचाउने तर्फ सरकारको ध्यान केन्द्रीत छ। भ्याक्सिन आयात गर्ने विषयमा के कस्ता प्रयास हामीले काम गरिरहेका छौं।
बिना बिलम्ब गुणस्तरिय र तुलनात्मक भ्याक्सिन आयात गर्छौ। भ्याक्सिन आवश्यक पर्ने सबै उमेरसमूहका मानिसलाई सुरक्षित राख्छौं।
यसका लागि आवश्यक पर्ने स्रोतका विषयमा आवश्यक छलफल भइरहेका छ। कोभिडको प्रभावबाट बाहिर आउने, प्रहारबाट समाजलाई जोगाउन तर्फ ध्यान दिनुपरेको अवस्था छ।
हाम्रो आर्थिक जिवनलाई कसरी पूर्ववत अवस्थामा फर्काउन सक्छौं भन्ने गम्भिर प्रश्न हामीबीच छ। स्वास्थ सुरक्षाका मापदण्ड पालना गर्दै आर्थिक क्रियाकलाप सुचारु गर्नतर्फ हामीले ध्यान दिएका छौं।
अर्थतन्त्रलाई गतिशिल र चलायमान बनाउन अगाडी बढ्न अहिलेदेखि तयारी आवश्यक छ। आर्थिक क्षेत्रले जुन प्रहार सहन पर्यो कोभिडका कारण, त्यो प्रहारलाई सामाना गर्नका लागि सरकार अगाडी बढेको छ।
निजी क्षेत्रलाई विभिन्न प्रकारका राहत प्याकेज घोषणा गरेको कुरा सबैलाई जानकारी छ। यस्तै, निजी क्षेत्रका साथिहरुले बुझ्न पर्ने कुरा के हो भने सरकारले लिएको निर्णय र घोषणबाट निजी क्षेत्र लाभान्वित बन्नुपर्छ।
उत्पादनका हरेक क्षेत्रलाई उत्साहित नतुल्याइकिन हामी अगाडी बढ्न सक्दैनौं।
मलाई प्रशंसा मन पर्दैन, आलोचना मन पर्छ।