नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को महिला विभाग गठन

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को महिला विभाग गठन भएको छ । राजधानीमा मङ्गलबार सम्पन्न नेपाल आथिक पत्रकार संघ(नाफिज)सँग सम्बद्ध आर्थिक महिला पत्रकारहरुको भेलाले सात सदस्यीय महिला विभाग गठन गरेको हो । गठित विभाग प्रमुखमा आर्थिक अभियान राष्ट्रिय दैनिककी प्रजिता बुढाथोकी रहेकी छिन् ।

सदस्यहरुमा मेरो लगानी डटकमकी सुधा देवकोटा, इन्स्योरेन्स खवर डटकमकी रिना खत्री, आर्थिक अभियान राष्ट्रिय दैनिककी मल्लिका घिमिरे, अन्नपूर्ण पोष्ट दैनिककी सपना महर्जन र आर्थिक पत्रकारितामा कलम चलाउँदै आएका दिप्ती भट्ट र मिना आचार्य रहेका छन् । नव गठित विभागकी प्रमुख नाफिज केन्द्रिय कार्यसमिति सदस्य हुन ।

प्रादेशिक संरचना अनुसार नाफिजले आफ्नो संरचना विस्तार गर्दै आएको छ । आर्थिक पत्रकारिता क्षेत्रमा महिलाहरुले भोगेका साझा समस्याको आवाज उठाउँन र आर्थिक क्षेत्रका समग्र महिलाहरुको शशक्तिकरणका लागि नव गठित विभागले काम गर्ने विभाग प्रमुख प्रजिता बुढाथोकीले बताइन  ।

(नाफिज)का अध्यक्ष सीताराम भट्टराईको सभापतित्व एवम् संघीय संसद, प्रतिनिधि सभा विकास तथा प्रविधि समिति सभापति माननिय कल्याणी खड्काको प्रमुख आतिथ्यतामा महिला विभाग गठन भएको हो । कार्यक्रममा बोल्दै संघीय संसद, प्रतिनिधि सभा विकास तथा प्रविधि समिति सभापति खड्काले नवगठित विभागका पदाधिकारीहरुलाई शुभकामना दिर्दै आगामी दिनमा सरकारको तर्फबाट गर्नुपर्ने सहयोगको लागि तयार रहेको बताईन ।

नाफिजका अध्यक्ष सीताराम भट्टराईले आर्थिक पत्रकारितामा महिलाहरुको विशेष भूमिकाको आवश्यकतालाई महसुस गरी यस क्षेत्रमा महिला शशक्तिकरणको सुरुवातका लागि विभाग गठन गरिएको बताए । यो थालनी नेपाली आर्थिक पत्रकारितामा महिला शशक्तिकरणका लागि नयाँ कोशेढुङ्गा सावित हुने उनले विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles