नाफिज र एनबीआईबीच समझदारीपत्रमा हस्ताक्षर

 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेशनल बैंकिङ इस्टिच्यूट (एनबीआइ) बीचमा मंगलबार सम्झौता भएको छ। सम्झौतापत्रमा नाफिजका तर्फबाट बरिष्ठ उपाध्यक्ष इन्द्र बानिया र एनबीआइकाप्रमुखकार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका छन।

बैंकिङ बिषयमा कलम चलाउने आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि तालिम दिने बिषयमा दुवै संस्थाबीच सहमति भएको हो। एक वर्षसम्म एनबीआइले गर्ने विभिन्न गोष्टि तथा छलफलमा नाफिजका एक जना सदस्यलाई सहभागी गराउने, एनआबीआइले उपलब्ध गराउने विभिन्न एएमएलर सिएफटी लगायतका अनलाइन तालिमहरुमा तीन वर्षसम्म हरेक वर्ष २५ जनालाई सहभागी गराउने सम्झौतापत्रमा उल्लेख छ।

त्यस्तै एनबिआईको सहकार्यमा आवश्यकताअनुसार आर्थिक पत्रकारहरुलाई तालिम दिने सम्बन्धमा समेत दुवै संस्थाबीच सहमति भएको छ।

नेपालको बैकिङ क्षेत्रको बारेमा साक्षार बनाउन एनबीआइ सधै तत्पर रहेको र आर्थिक पत्रकारहरुको सस्था नै एनबीआइसँग सहकार्य गर्न पाउँदा अझ सहज भएको एनबीआइका प्रमुखकार्यकारी अधिकृत सुब्बाले बताएका छन् ।

त्यस्तै नाफिजका बरिष्ठ उपाध्यक्ष बानियाले आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुले लेख्ने समाचार सहि र तथ्य परक बनाउन तालिमको आवश्यकलाई एनबीआइले पुरा गर्ने धारण व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles